Thursday, January 23, 2014

कसले के के दिन्छ नया बर्षमा
कति भएकै लिन्छ नया बर्षमा

कस्ले पो देख्याछ भोलीका दिन
बाचिन्छ या मरिन्छ नया बर्षमा

भोका र नाङ्गा लाइ कसैले भनेन
थोरै भएनी बाडिन्छ नया बर्षमा

गजल सुनाउदै सडक सडकमा
यो गजलकार हिन्छ नया बर्षमा

कमल संघर्ष
ठुलासैन अछाम

No comments:

Post a Comment

Popular Posts