Friday, January 17, 2014

क्यानभासमा तस्विर उतार्न नसकेर ।।

जिन्दगी आफ्नो कब्जामा पार्न नसकेर ।
हैरान छु म समयलाई टार्न नसकेर ।।



नचाँहदा नचाहदै पनि जितियो बाजी ।
मैले आफ्नो प्रतिद्धन्द्धी संग हार्न नसकेर ।।

बर्षौ देखी तिमीलाई आँखा मै राखेको छु ।
क्यानभासमा तस्विर उतार्न नसकेर ।।

त्यहाँ आई झम्टिन सक्छ विचार गर्नु ।
गएको छ काल मलाई मार्न नसकेर ।।

No comments:

Post a Comment

Popular Posts