Tuesday, August 19, 2014

म के गर्न अाए ।

हजुरकाे सहरमा म के गर्न अाए ।
न थाहा छ घरमा म के गर्न अाए ।

यही प्यास मेटाउने लालसामा ,
सुकेकाे बगरमा म के गर्न अाए ।

तिमीले रच्याै रे सबै याे प्रपञ्च,
अरे बिष्णु बर्मा म के गर्न अाए ।

दुई पाउ नै छन् उता बन्धकीमा,
यता याे सफरमा म के गर्न
अाए

चिनेछन सबैले कमल हाे भनेर,
गुलावी अधरमा म के गर्न अाए ।

No comments:

Post a Comment

Popular Posts