Thursday, January 23, 2014

यो जिन्दगी प्रकृती जस्तै अनुपम हो
अनि सुख र दुःख फेरीने मोसम हो

नानीबाबु बल सम्झेर खेली दिन्छन
हामीलाई पो डर लाग्छ त्यो बम हो

तिमी तरवार समाउ ,बन्दुक समाउ
आखीर जित्ने जसरी पनि कलम हो

मैले तिमीलाई गर्ने मायाको अगाडि
तिमीले मलाई गर्ने घृर्णा धेरै कम हो

कमल संघर्ष
ठुलासैन अछाम

Friday, January 17, 2014

सहर पसेपछि

आशाका दीन गिनीयो, सहर पसेपछि
आखीर मान्छे चिनीयो, सहर पसेपछि

गाउमा नुनको अभाब, कती हुन्छ कती
माया समेत किनीयो, सहर पसेपछि

उपलब्धी भनौ भने, बस यत्ती भाँहो
लगन गाँठो छिनीयो, सहर पसेपछि

गाउको सोझो केटो म, अल्लारे बनेर
खै कता कता हिनीयो, सहर पसेपछि

कमल संघर्ष
मंगलसैन,अछाम

मेरो अछाम देखिन्न धरहरा बाट

माटो चोरीदै गएपछी जरा बाट
उजाड भो जिन्दगी हराभरा बाट

घर बनाउदै छोड्न थालेको हु
प्रभाबित भएदेखी म चराबाट

तिमीले पहिलो भेटमै मन मार्यौ
कहिल्यै आजित भएन फुल भमरा बाट

देखिएला तिम्रै काठमाण्डौ देखिएला
मेरो अछाम देखिन्न धरहरा बाट

मैले मुटु झिकेर मुटुको ठाउमा राखे
बचाउन यो देशलाई खतरा बाट

कमल संघर्ष

क्यानभासमा तस्विर उतार्न नसकेर ।।

जिन्दगी आफ्नो कब्जामा पार्न नसकेर ।
हैरान छु म समयलाई टार्न नसकेर ।।

Friday, January 10, 2014

कैफियत बिमोचन समारोह

जुन दिन देखी सडकपनि घर लाग्न थाल्यो

जुन दिन देखी सडकपनि घर लाग्न थाल्यो
त्यो दिन बाट जिन्दगी फुटकर लाग्न थाल्यो

प्रेमीले तारा टिपेर उपहार पठाएपछि
प्रेमीकालाई प्रेमीको खुब डर लाग्न थाल्यो

जागीरको पालो कुर्दा कुर्दै बुढो भईएछ
अब त यो मृत्युपनि अवसर लाग्न थाल्यो

आफु हैरान भएकोछु जिन्दगी खोज्दा खोज्दै
आमा भन्छिन नाती हेर्ने रहर लाग्न थाल्यो

गुलाब रिसले आक्रोश भई काडा फुलाउछ
जब कमलमा कसैको नजर लाग्न थाल्यो

कमल संघर्ष

छ सुनाउने बानी आउ सुनाउछू


छ सुनाउने बानी आउ सुनाउछू 
सुन्छौ मेरो कहानी?आउ सुनाउछू 

ए कर्णाली तिमी मेरै हो भन्थ्यौ त 
के भन्दैछ राजधानी आउ सुनाउछू 

धन्दा चलेकै थियो ब्यापार राम्मै थियो 
किन भएन आम्दानी?आउ सुनाउछू 

गजल सुनाए उस्ले पागल भन्छ भनेर 
सुनाउदिन भन्या नि , आउ सुनाउछू 

समयले बनाएको जोगीले आफ्नै घर 
किन बनायो त खरानी?आउ सुनाउछु 

सर्बाधिकार@ 
कमल संघर्ष 
ठुलासैन अछाम

Popular Posts