Thursday, May 8, 2014

कतै झार्ने त हैन मैखिकमा पुगेपछि ?

झटारो हानी सास पिटिक पिटिकमा पुगेपछि
के होला त्यहि परिणाम ठिकमा पुगेपछि

अरु जम्मैका चेहेरा मलीन देखिन्छन
आमा एक्लै मुस्कुराईन सालिकमा पुगेपछी

जसलाई पनि खुब माया लाग्दो रहेछ
जिन्दगी यो मृत्युको नजिकमा पुगेपछि

उच्च शिक्षाका क्रममा बचपन खोजियो
जुन हराई सकेथ्यो प्राथामीकमा पुगेपछि

प्रेमिकालाई प्रेमीबाट एउटै डर थियो

कतै झार्ने त हैन मैखिकमा पुगेपछि ?
-कमल संघर्ष

No comments:

Post a Comment

Popular Posts