Wednesday, May 7, 2014

गजल आफैलाइ सामानहरुमा बिभाजन गरियो


गजल
आफैलाइ सामानहरुमा बिभाजन गरियो
ब्यापारी बनियो ब्यापार संचालन गरियो

मजदुरले सपना देख्न मनाहि छ भन्नु भाथ्यो
हिजै निदाईयो साप नियम् उल्लङ्घन गरियो

कसैले किन्न चाहेन मेरो जिन्दगीको किताब
कति प्रकाशन  गरियो कति सम्पादन गरियो

तिमीले तिम्रो प्रेमको महाभारत सुनायौ
आफुले त महेफिलमा देश बाचन गरियो

 सपुतलाई देश निकाला गरे जस्तै मलाई
आखिर किन त्यो दिलबाट निस्काशन गरियो

कमल संघर्ष
अछाम ठुलासैन

No comments:

Post a Comment

Popular Posts