Thursday, May 8, 2014

अछामी गजल


भैग भैग ए ! सर तु कुडै बुद्दैन
बडि जिद्दि नहर तु कुडै बुद्दैन

नलाग म तेरा पनपुप्डा सेकुला
मान्नो पन नाइ डर तु कुडाइ बुद्दैन

कैल त मेरा बाटकै छि अथा बेरीनि
जा जाँ मद्देइ मर तु कुडाइ बुद्दैन

ए साउजि मेरो बरमाण्डो ताति ग
पचासको दारु भर तु कुडाइ बुद्दैन

कमल संघर्ष
ठुलासैन अछाम

कतै झार्ने त हैन मैखिकमा पुगेपछि ?

झटारो हानी सास पिटिक पिटिकमा पुगेपछि
के होला त्यहि परिणाम ठिकमा पुगेपछि

अरु जम्मैका चेहेरा मलीन देखिन्छन
आमा एक्लै मुस्कुराईन सालिकमा पुगेपछी

जसलाई पनि खुब माया लाग्दो रहेछ
जिन्दगी यो मृत्युको नजिकमा पुगेपछि

उच्च शिक्षाका क्रममा बचपन खोजियो
जुन हराई सकेथ्यो प्राथामीकमा पुगेपछि

प्रेमिकालाई प्रेमीबाट एउटै डर थियो

कतै झार्ने त हैन मैखिकमा पुगेपछि ?
-कमल संघर्ष

Wednesday, May 7, 2014

गजल आफैलाइ सामानहरुमा बिभाजन गरियो


गजल
आफैलाइ सामानहरुमा बिभाजन गरियो
ब्यापारी बनियो ब्यापार संचालन गरियो

मजदुरले सपना देख्न मनाहि छ भन्नु भाथ्यो
हिजै निदाईयो साप नियम् उल्लङ्घन गरियो

कसैले किन्न चाहेन मेरो जिन्दगीको किताब
कति प्रकाशन  गरियो कति सम्पादन गरियो

तिमीले तिम्रो प्रेमको महाभारत सुनायौ
आफुले त महेफिलमा देश बाचन गरियो

 सपुतलाई देश निकाला गरे जस्तै मलाई
आखिर किन त्यो दिलबाट निस्काशन गरियो

कमल संघर्ष
अछाम ठुलासैन

Popular Posts