Sunday, February 23, 2014

ढुङ्गा हिर्कायर

भयन तिम्रोपारा ढुङ्गा हिर्कायर
कसरी झार्छौ तारा ढुङ्गा हिर्कायर

तिमी बन्दुक चलायर पनि निर्दोश ?
अनी म हत्यारा ढुङ्गा हीर्काएर?

उत्सब मनाउदैछन यि मान्छेहरु
लाउदै चर्का नारा ढुङ्गा हिर्काएर

मन्ले मन्लाई सुटुक्क भन्न सकिन्न?
गर्नै पर्छ ईशारा ढुङ्गा हिर्काएर?

कमल संघर्ष
ठुलासैन अछाम

नाता प्रयोगशालामा

 छुट्याउन आफ्नो नाता प्रयोगशालामा
उस्ले राख्यो पितामाता प्रयोगशालामा

बैज्ञानिकको एक अध्यानले यसो भन्छ
धर्ती मान्छे आकास छाता प्रयोगशालामा

तमसुककै भरमा पैसा मिल्दैन मालीक
राख्नु पर्छ खाता पाता प्रयोगसालामा

पानी को रङ्ग हुन्न खै कसोरी भन्छौ
देखिन्छन यि नदि राता प्रयोगशालामा

आज तिमी संग छु म भोली सिमानामा
हुनेछ लास अर्को साता प्रयोगशालामा

कमल संघर्ष
अछाम

Sunday, February 9, 2014

आवाज उठाउछु

गाउ र घरको आवाज उठाउछु
बस्ती शहरको आवाज उठाउछु

भ्रष्टचार,कुरीती,बीभेद हटाउने
गर्छु जमर्को आवाज उठाउछु

यो दुनीयाँ सारा चुप नै रहोश
आफै म चर्को आवाज उठाउछु

यदी हुन्छ भने जातीय बीभेद
नाम र थरको आवाज उठाउछु

आखीर बच्ने कोही पनि छैन
एक पछि अर्को आवाज उठाउछु
2066-8-20

रातो गुलाबले

गजल
कतीलाइ स्विकार्यो रातो गुलाबले
कतीलाइ त पछार्यो रातो गुलाबले

प्रश्ताब गरेको ते जवाफै आएन
लौ दोधारमै पार्यो रातो गुलाबले

हीलो माथी कमल यसो भन्दै छ
मलाइ हरायो  हार्यो रातो गुलाबले

कीन कुल्चीयौ पैताला मुनी राखेर
तीम्रो के बीगार्यो रातो गुलाबले

जब देखी त्यो मन अलपत्र पर्यो

जब देखी त्यो मन अलपत्र पर्यो
यता मुटु भड्कन अलपत्र पर्यो

समय दीनहु जवान हुदै गयाने
आपनो भनेबचपन अलपत्र पर्यो

साथीहरुको बीस्वासलेगर्दा पनी
मुना तेरो मदन अलपत्र पर्यो

बीदेशीएको छोरा फर्केर आएन
बाउ आमा भन्छन अलपत्र पर्यो

ब्यर्थै यादहरु बोकीरहेछ

ब्यर्थै यादहरु बोकीरहेछ
गहभरी आशु पोखीरहेछ

के माग रहेछ भगवान संग
साझ बीहान् ढुँगा ढोगीरहेछ

क्रान्ती देख्दा अचम्म लाग्छ
छोरो बाउ मार्न खोजीरहेछ

गजल लेखेर् देश बचाउला
यो पनी कमलले सोचीरहेछ

दिनेहरुले उपहारमा चोटैचोट दिएको छ

दिनेहरुले उपहारमा चोटैचोट दिएको छ
भाग्यले ठगेको छ या भाग्यनै ठगीएको छ

बाबु बाटै नाबालक छोरीको इज्जत लुटीयो
अखबारमा त यस्तो पनीछापीएको छ

म दुनिया भुल्न सक्छु उनलाइ सक्दिन
दीलको क्यानभासमा तस्बीर सजीएको छ

आखामा पटी बाधेर म सीमानामा जादैछु
भन्नुस अब तपाइबाट के अनुमान गरीएको छ

अछामी गजल;कठै बीचारी


कथ्थ जाउला सुत्ती होल्ली कठै बीचारी
कती खाउला सुत्ती होल्ली कठै बीचारी

मै भन्नाको डब्बल तडीपार हो त्यो
झीक्कै पाउला सुत्ती होल्ली कठै बीचारी

जसोतसो भया पन त्यैकाइ मुख हेरी
चीत्त बुजाउला सूत्ती सोल्ली कठै बीचारी

तुई जत्तीकी सय छन त्यइकी छोरेट्टी
माया लाउला सुत्ती होल्ली कठै बीचारी

त्यतीकी त पालो पुगाइ सक्तैन त्यो
भीट्न आउला सुत्ती होल्ली कठै बीचारी

आज शौचालयमा ईश्वर भन्दै उफ्रिरहेछन

चोर स्वयम चोर चोर भन्दै उफ्रिरहेछन
गर्नु पर्छ भण्डाफोर भन्दै उफ्रिरहेछन

बाग्मती बाट अनुगमन गर्न आएका माछा
कर्णालीलाई फोहोर भन्दै उफ्रिरहेछन

वीर गोर्खाली भन्ने त होईनन् यी पाठाहरु
घरको धुरीमा खोर भन्दै उफ्रिरहेछन

हिजो मन्दिरलाई शौचालय बनाउनेहरु
आज शौचालयमा ईश्वर भन्दै उफ्रिरहेछन

-कमल संघर्ष

Saturday, February 8, 2014

बिसाल मेरो नेपाल आज हो सानो भैसक्यो

बिसाल मेरो नेपाल आज हो सानो भैसक्यो
काकडा टिष्टा को ईतिहास पुरानो भैसक्यो

झुपडिलाई डरछैन कत्ती आधि र हुरीले
अब त आकास पहाड भित्ता र छानो भैसक्यो

तिमीले जति दिए नि चोट सहन सक्छु म
मेरो यो छाति रहेन छाति अचानो भैसक्यो

रोएछु यति सम्मकि चाह नहुदा नहुदै
म रुदा रुदा आखानै आज ओभानो भैसक्यो

'कैफियत भीत्रको गजल,

प्यार छ दुनिया छ दुनिया छ प्यार छ
तिमी मान या नमान मेरो यो बिचार छ

साहुलाई यसो भन्दै पठाई दिन्छन आमा
चाडै चुक्ता गर्नेछु छोरो गजलकार छ

तिमी बुझ्नु यो कुरालाइ मैले बुझेको छु
तिमी जित्छै सधैभरी कमल किन हार्छ ?

भगवान पनि छन र यमराज पनि छ
एउटाले जन्माउछ र एउटाले मार्छ

गजल सुनाउ भन्दै कर नगर तिमी
सिमानामा जानु छ आज अलि हतार छ

'कैफियत भीत्रको गजल,

ढिलै पुगे त्यी महाशय गाडिमा चढेर
जानेबेला जोजो गए गाडिमा चढेर

धेरै सोच्नु सफरमा निस्किनु अगाडि
फेर्नु हुदैन निणर्य गाडिमा चढेर

यहा कसै कसैले छोरा नातिका लागी
बचाउछन समय गाडिमा चढेर

म भने राजधानी सम्म हिडेरै पुग्छु
तिमी जान्छौ सौचालय गाडिमा चढेर

म मेरो सबथोक बेचेर किनिहाल्थे
जिन्दगी भेटिने भए गाडिमा चढेर

'कैफियत भीत्रको गजल,

जुन दिन मृत्युलाई टार्ने प्रयास गरिएला
तब जिन्दगी भेटाएको आभास गरिएला

श्रीमान्बाटै त श्रीमती लुटिएको सुनिन्छ
यार, दुनियाँको कसरी विश्वास गरिएला

भएकै आफन्तहरूबाट धम्की आइरहेछ
तिमी त गुमिसकेकी, के आश गरिएला

कसैको खोजीमा आँखासमेत हराएपछि
डाक्टर लगाएर चश्माको तलास गरिएला

'कैफियत भीत्रको गजल,

आजसम्म समाजमा दबिरहेछ
ऊ जमानादेखिको कवि रहेछ

मान्छेका लागि आँखा भएजस्तै
धर्तीका लागि पनि रवि रहेछ

पैसा छ त आ, छैन भने फर्केर जा
यो सहर यति मतलबी रहेछ

गुलाबले अस्मिता लुटेको वर्षौं भो
‘कमल’ भने अझै अजनबी रहेछ

'कैफियत भीत्रको गजल,

पुजारी नै अञ्जान बन्धकी राखेर
मन्दिर र भगवान् बन्धकी राखेर

बाआमाले ऋण लिएका छन्
गर्भकै सन्तान बन्धकी राखेर

तिमी राम भए आफैँ बाँच्नेथियौ
लङ्कामा हनुमान बन्धकी राखेर

कमाउने आशमा घरजग्गा सारा
हिँड्दै छु मुग्लान बन्धकी राखेर

मैल प्यार गरेको यसरी हो यार
गजलको दोकान बन्धकी राखेर

'कैफियत भीत्रको गजल,

आउँछ उताबाट खबर बनेर
पुग्छ गाउँघरमा डर बनेर

के बुझ्लान् मान्छेका पीरव्यथाहरू
बसेका छन् भगवान् पत्थर बनेर

गाउँमा उपचार गर्छ बिरामीहरूको
कार्यालय सहयोगी डाक्टर बनेर

गाउँ पनि सहरझैँ देखिन थाल्यो
सडक बनेर ठूल्ठूला घर बनेर

हँुदैन बस्नै हुँदैन ए भरिया दाइ
यसरी गधा बनेर खच्चर बनेर

'कैफियत भीत्रको गजल,

यसरी खुला पानामा चिठ्ठी नपठाउनू
माया गर्ने बहानामा चिठ्ठी नपठाउनू

फेरि बैरीहरूले सुइँको पाउन सक्छन्
म हुनेछु सिमानामा चिठ्ठी नपठाउनू

समयको वेगसँगै चल्नुपर्छ तिमी पनि
इन्टरनेटको जमानामा चिठ्ठी नपठाउनू

घर लीलाम भएपछि बसाइँ सरेको छु
त्यो पुरानो ठेगानामा चिठ्ठी नपठाउनू

'कैफियत भीत्रको गजल,


धिक्कार्छु म मान्छे भई जन्मिएर पनि
बाँच्नुपर्ने ठाउँठाउँमा बेचिएर पनि 

मैले जम्मै आँसु सँगालेर राख्या भए
ताल बन्थ्यो र पोखिन्थ्यो भरिएर पनि

ए पागलप्रेमीहरू भन्नुपूर्व सोच्ने गर
कहाँ बाँचिन्छ मुटु उपहार दिएर पनि

यो प्यास भन्ने चिज मेटाउन सकिनँ
मैले मेरो पूरै जिन्दगी पिएर पनि

आज आँखैअगाडि ठम्याउन गाह्रो पर्यो
जस्लाई देख्थेँ म आँखा चिम्लिएर पनि

'कैफियत भीत्रको गजल,

बिचरा उसको त तन, मन सडकमा
बितेको रहेछ सारा बचपन सडकमा

गाँस, बास र कपासको माग राखेर
बस्लान् सुकुम्बासी अनसन सडकमा

पानी परेकै छैन, बाली सप्रेको छैन
के गर्छन् किसान आन्दोलन सडकमा

एकचोटी त नजर लगाऊ सरकार
भोका–नाङ्गाहरू कति छन् सडकमा

'कैफियत भीत्रको गजल

मान्छेले छाता ओढेजस्तै गरी ओढाएको छ
आकाशले धर्तीलाई यसरी जोगाएको छ

सुन्नेहरू केके सुन्लान् म सोचिरहेछु
जिब्रो काटेर उस्लाई मञ्चमा पठाएको छ

मलाई भगवान् बाँचेका छन्जस्तो लाग्दैन
आज पनि यमराजले सरकार चलाएको छ

निदाउन ेसमेत समय पाएको छैन मैले
तिम्रो यादले यति व्यस्त बनाएको छ

सुन ए भित्ताहरू ! तिम्रा पनि कान छन्
गजल सुनाउनै कमल यता आएको छ

'कैफियत भीत्रको गजल

एउटा हलिया सडकमा उत्रियो
सँगसँगै भरिया सडकमा उत्रियो

साहुजीले धेरै पानी हाल्यो भन्दै
उम्लिएर चिया सडकमा उत्रियो

कानुन कस्ले कडा पारेछ अचेल
चोरको दुनियाँ सडकमा उत्रियो

मिलोस्, नमिलोस् गजल भैहाल्छ
रिसले काफिया सडकमा उत्रियो

'कैफियत भीत्रको गजल,

दुखाएर त्यही घाउ दुनियाँको अगाडि
भन्छ हाँसेर देखाऊ दुनियाँको अगाडि

तिमी यसरी नै मेरो बेइज्जत गर्ने भए
भन्दिनँ म फेरि आऊ दुनियाँको अगाडि

पढ्न पठाएको छोरो मुग्लान भासिँदा
मख्ख छन् आमाबाउ दुनियाँको अगाडि

माया गर्ने बहानामा यसैगरी मलाई
जति सताउँछौ सताऊ दुनियाँको अगाडि

'कैफियत भीत्रको गजल

न अवधि राखिदियो, न सीमा राखिदियो
राख्नेले दुःख यो जिन्दगीमा राखिदियो

डाक्टर जतिलाई राजधानीमा सारेर
बिरामी जतिलाई कर्णालीमा राखिदियो

यो समयले आफू निर्णायक बनेर
म र बालाई प्रतिस्पर्धीमा राखिदियो

धनदौलत कति प्रिय भयो कसैलाई
आफ्नै छोरीलाई प्रदर्शनीमा राखिदियो

बाँडे देश रहला ? सोचिरहेछु

बाँडे देश रहला ? सोचिरहेछु
कतिलाई पुगला ? सोचिरहेछु

के सोचेर महलले झुपडि संग
गर्यो होला हमला सोचिरहेछु

सरकारी जागिरै हुनुपर्छ र ?
थप्नलाई तला सोचिरहेछु

पिजडा लाग्छ होकि ? घर लाग्दो हो
फूललाई गमला सोचिरहेछु

तिमीले यो मुटु उपहार माग्यौ
के कमल बाँचला ? सोचिरहेछु

नत्र बाउ बिरुद्द उजुरी किन दिन्थी

भगवान बाट गीता, खतरामा रहेछ
अनि राम बाटै सिता खतरामा छ

धन र सम्पती टन्नै, भएको घरमा
छोराहरु बाटै पीता, खतरामा रहेछ

नत्र बाउ बिरुद्द उजुरी किन दिन्थी
बिचरीको अश्मीता खतरामा रहेछ

एउटा कविको दुखेसो सुनेपछि थाहा भयो
गजल बाट त कबीता ,खतरामा रहेछ

घरमा बा हुनूहुन्छ आमा हुनुहुन्छ

घरमा बा हुनूहुन्छ आमा हुनुहुन्छ
के गर्ने साहूको निसानामा हुनुहुन्छ

त्यसैले म सारा संसार देखीरहेछु
बा र आमा मेरा आखामा हुनुहुन्छ

खाना पस्किने बेला बाणुली आइपुग्छ
सधैभरी छोराको चिन्तामा हुनुहुन्छ

मैले गजल लेखीरहेछु बस गजल
छोरो कमाएर दिन्छकि आशामा हुनहुन्छ

अवसर नपाएर कामकाज नपाएर

कोहि झुपडि कोहि ताज नपाएर
कोहि दुखी गतिलो समाज नपाएर

घाम तापिरहेछन कैयौ युवाहरु
अवसर नपाएर कामकाज नपाएर

किसान बिरुद्द आन्दोलन गर्दैछन
यि जम्मै मुसाहरु अनाज नपाएर

मर्न गएको थ्यो निरास हुदै फर्कियो
जति खोज्दा पनि यमराज नपाएर

मेरो यस्तो दुर्गति भो तिम्रो सम्झनामा

म रोएको कति भो तिम्रो सम्झनामा
मेरो यस्तो दुर्गति भो तिम्रो सम्झनामा

आउ प्रिया फर्केर आउ फेरि जिन्दगीमा
भो अब त अति भो तिम्रो सम्झनामा

मैले आशु बगाउनुको कारण यत्ति थियो
कति दर्द उत्पति भो तिम्रो सम्झनामा

तिमीलाई पनि भाको होला सोच्ने गर्छु मैले
मलाई पिडा जति भो तिम्रो सम्झनामा

अतितहरु भुल्नलाई मन सल्का पार्नलाई
यै मदिरा ओखति भो तिम्रो सम्झनामा

बीस्थापित भाँको हु

बाढी आएपछि बीस्थापित भाँको हू
घर बगाएपछि बीस्थापित भाँको हु

उ आएर मेरो सानो सुन्दर घरमा
आगो सल्काएपछि बीस्तापित भाँको हु

यो देखेर मेरा सारा आफन्तहरु
मज्जाले रमाएपछि बीस्थापित भाँको हू

मैले सजाएका सारा त्यी सपनाहरु
हुरुले उडाए पछि बीस्तापित भाँको हु

कमल तँ यो गाउ छोडेर गैहाल
डर देखाए पछी बीस्तापित भाको हु

बिना अर्थ मेरो छाति दुखाएर गयौ

बिना अर्थ मेरो छाति दुखाएर गयौ
सोचे भन्दा धेरै माथी दुखाएर गयौ

मन मिल्ने बिचार् मिल्ने सबैकुरा मिल्ने
ठानेको थे असल साथी दुखाएर गयौ

नौनि जस्तो मेरो दिल सम्झिएर पथ्थर्
छर्किएर फुल पाति दुखाएर गयौ

ईजाजत के दिएथे यो दिलमा बस्ने
रैछौ तिमी बिस्वास् घाति दुखाएर गयौ

साँढेले आतंक गर्छन तिम्रो सहरमा गरीबहरु भोकै मर्छन तिम्रो सहरमा



साँढेले आतंक गर्छन तिम्रो सहरमा
गरीबहरु भोकै मर्छन तिम्रो सहरमा

पाहुना आउदा बस्ने ठाउ हुदैन
छन त ठुल्ठुला घरछन तिम्रो सहरमा

मान्छे त आखीर मान्छेनै न हो
ढुगाँकै आँसु झर्छन तिम्रो सहरमा

कसैले भेटायो भने फिर्ता पठाईदिनु
हराएका मेरा नजरछन तिम्रो सहरमा

जीउनलाइ खल्तीभरी पैसा हुनुपर्छ
नत्र अलपत्र पर्छन तिम्रो सहरमा

किन राखेको बा ?

उनिहरुले सधैभरी किन राखेको बा ?
आफ्नो मात्र मनपरी किन राखेको बा ?

दिनमै नारीको अस्तृत्व लुटिने ठाँउको
नाम शुन्दर नगरी किन राखेको बा ?

झुटो आरोप लगाइ अपराधि बनाएर
निर्दोशी त्यी बीचरी किन राखेको बा ?

शुरक्षाको साटो ए! पागल सरकार
जनता मार्ने प्रहरी किन राखेको

किसानले बारी खोजीरहेछन

किसानले बारी खोजीरहेछन
भरियाले भारी खोजीरहेछन

बेपत्ता श्रीमती कँहाछीन कँहा
पती भने जारी खोजीरहेछन

रातदिन सुतेर अल्छिमान्छेहरु
अन्नका भकारी खोजीरहेछन

म जागीर गोज्दै भौतारीरहेछु
घरमा बुहारी खोजीरहेछन

कतिछन यो बस्तीमा

एकदमै कन्जुस कतिछन यो बस्तीमा
उपीयाँ उडुस कतिछन यो बस्तीमा

मान्छे मर्दा मलाम जानकै नीमीत्त
खानेहरु घुस कतिछन यो बस्तीमा

आफ्नो माग पुरा गर्न सडक सडकमा
थापीदीने एम्बुस कतिछन यो बस्तीमा

अचेल दिन प्रतिदिन घन्की रहन्छन
नारा र जुलुस कतिछन यो बस्तीमा

आफ्नै भाइ मारेको सबुत मेटाउने
तपाइ आफै भन्नुस कतिछन यो बस्ती

जाउन भट्टीतीर

तँ कता बाट आइ जाउन भट्टीतीर
एँ ! प्रहरी भाइ जाउन भट्टीतीर

पैंसाको चिन्ता किन गर्छस यार
म पीलाउछु तलाइ जाउन भट्टीतीर

सरकारको जागीर यस्तै हो भन्याँ
नबस चित्त दुखाइ जाउन भट्टीतिर

तँलाइ केही हुदैन भयो भनेपनि
म छु त तेरो दाइ जाउन भट्टीतीर

बीहेपछि छोराले बा आमा बिर्सियो

जस्लाइ कमलले मन मुटु सम्झीयो
उसैले फल स्वरुप चोटै चोट दीयो

सुःख पाउला सोचीर बीहे गरे छोराको
बीहेपछि छोराले बा आमा बिर्सियो

अरु काम के छर यी मान्छेहरुको
बन्द हड्ताल गर्यो सडकमा उत्रियो

के पीयथ्यो मदीरा त्यो पुजारी बाले
भत्काउछु मन्दिर भनेरै दौडियो

पढेर ठुलो बन्ने सपना सजाएथे
सहर पसेपछी गजलकार बनीयो

बेच्नुको मजा पनी छुट्रटै आयो
मज्जाले मुटु बेचीयो धड्रकन बेचीयो

जब सुकुम्बासी बस्तिमा बाढि आउनेछ

जब सुकुम्बासी बस्तिमा बाढि आउनेछ
चिन्ता नगर सरकार त्रिपाल पठाउने छ

यी गजल लेख्नेहरु किन लेखीरहेछन
मैले भन्नु पर्दैन समयले बताउने छ

जिउ लगाएर आयो पैसा कमाएर आयो
सोचेका थे जनताले संबीधान बनाउने छ

आगो ताप्नेहरु तयार भएर आउदा हुन्छ
आज कमल आफ्नै घरमा आगो लगाउने छ

सडकबाट बञ्चित कहील्यै भएन

गजल
भोका नाङ्गाको जीत कहील्यै भएन
सडकबाट बञ्चित कहील्यै भएन

यो समाज हो समाज हाम्रोसमाज
राम्रो ब्याक्ती सम्मानीत कहील्यै भएन

कैयौ सबुत थीए छनत उ संग
बीचरा नीर्दोश साबीत कहील्यै भएन

मजदुरहरू मार्ने सरकारकै मान्छे रहेछ
उ हत्यारा प्रमाणीत कहील्यै भएन

आफ्नै घर भत्काएर सडक बनाइ दिन्छु ।


मैले मेरो जिन्दगीलाई फरक बनाइ दिन्छु ।
आफ्नै घर भत्काएर सडक बनाइ दिन्छु ।

जम्मै बृदाहरु मन्दिरमा जम्मा भयका छन
भगवानले भन्या छन् रे वालक बनाइ दिन्छु ।

मेरो मृत्युमा उत्सब मनाउनलाई प्रिया
जसरी आउ तिमीलाई आयोजक बनाइदिन्छु

पुर्ब तयारीका साथ तमिी मैदानमा आउनु
मलाइ के मैले त जीत अचानक बनाइ दीन्छु

आउछु आज देशसंग सम्झौता गरेर

उठ्यो एउटा प्रसंग सम्झौता गरेर
कोई कोईले मसंग सम्झौता गरेर

भोली देखी दिलमा तिमीलाई राख्नुछ
आउछु आज देशसंग सम्झौता गरेर

देश बचाएको इतिहास ताजा छ अझै
कलमले बन्दुक संग सम्झौता गरेर

रुन छोडी हास्ने थिए हास्न मिल्ने भए
अरुको मुस्कान संग सम्झौता गरेर

अचेल उल्टै श्रृङ्गारमा देखीन्छ यार
ऐना तिम्रो मुहार संग सम्झौता गरेर

कमल संघर्ष
ठुलासैन अछाम

'कैफियत भीत्रको गजल,


दुखाएर त्यही घाउ दुनीयाको अगाडी
भन्छ हासेर देखाउ दुनीयाको अगाडी

तीमी यसरी नै मेरो बेईज्जत गर्ने भए
भन्दीन फेरी आउ दुनीयाको अगाडी

माया गर्ने बाहानामा यसै गरी मलाइ
जती सताउछौ सताउ दुनीयाको अगाडी

म एक्लै भीड्न सक्छु मर्द हुनी आखीर
तीम्रा यारहरु बोलाउ दुनीयाको अगाडी

पढ्न पठाएको छोरा गजलकार बन्दा
रुदैछन आमा बाऊ दुनीयाको अगाडी

'कैफियत भीत्रको गजल,

बोकिरहेछ मनमा त्रास र डर पनि
यमलोकको सफरमा छ सफर पनि

चराहरू आकासमा उडेको देखेपछि
पिँजडा लाग्न थालेको छ घर पनि

गजल होस् त आखिर यस्तो होस्
भाव पनि, लय पनि, बहर पनि

अरे हामीहरू त मान्छे हौ यार
यहाँ भगवान् बनेको छ पत्थर पनि

कमलले चुनौती गुलावलाई दिएको छ

न त अरुलाई न त तँलाई दिएको छ
समयले जति धोका मलाई दिएको छ

मेरो बस्तिमा मट्टितेल छरेर कसैले
उपहारमा कोरेर सलाई दिएको छ

महल केहि नगर्नु झुपडि भत्काइदिनु
सरकारले हुकुम चलाई दिएको छ

सामना गर्ने भए हिलोमा फुन्नु पर्नेछ
कमलले चुनौती गुलावलाई दिएको छ

सडकमै स्वतन्त्रता पाएपछि कमलले
पिजडा जस्तो घर जलाई दिएको छ

डक्टर आफै गएको छ रोग फैलाएर

तिमी देखाउ समुन्द्रमा आगो लगाएर
म देखाउछु जम्मै माछालाई बचाएर

बा आमालाई बृद्धश्रमको होसै भएन
मात्रै रमाईरहेका थे सन्तान जन्माएर

केके सोचेर बनाए सपनाको संसार
लग्यो आँखै अगाडि हुरीले उडाएर

हिजो बोल्नै नजान्ने लाटाहरु आज
जोरले चिच्याउछन सडकमा आएर

हेर्ने छु उपचार गर्न को आउदो रैछ
डक्टर आफै गएको छ रोग फैलाएर


'कैफियत भीत्रको गजल

मान्छेले छाता ओढे जस्तै गरि ओढाएको छ
आकाशले धर्तिलाई यसरी जोगाएको छ

सुन्नेहरु के के सुन्लान म सोचिरहेछु
उस्को जिब्रो काटेर मञ्चमा पठाएको छ

मलाई भगवान बाँचेका छन जस्तो लाग्दैन
आजपनि यमराजले सरकार चलाएको छ

मैले खाना खाने समेत समय पाउदिन
तिम्रो यादले यति ब्यस्त बनाएको छ

सुन ए ! भित्ताहरु हो तिम्रा पनि कान छन
गजल सुनाउनकै लागी त कमल आएको छ

खतरामा रहेछ


भगवान बाट गीता, खतरामा रहेछ
अनि राम बाटै सिता खतरामा छ

धन र सम्पती टन्नै, भएको घरमा
छोराहरु बाटै पीता, खतरामा रहेछ

नत्र बाउ बिरुद्द उजुरी किन दिन्थी
बिचरीको अश्मीता खतरामा रहेछ

एउटा कविको दुखेसो सुनेपछि थाहा भयो
गजल बाट त कबीता ,खतरामा रहेछ


'कैफियत भीत्रको गजल



कित समय नै यसरि बदलिरहेछ
नत्र भने यी आखा कस्ले छलिरहेछ

आमा चै के होलीन?यहि सोचिरहेछू
छोरो मालिक रहेछ बाबु हलि रहेछ

बिगतले के के गर्ला खै यस्तो बेलामा
प्रेमिका लूकाउछे प्रेमि खोतली रहेछ

हिजो घरमा भेटिन्थे आज भट्टिमा छू
जसरि पनि यो जिन्दगानी चलिरहेछ

उस्ले दिएको गुलाव घर आएर हेरे
कागजको रहेछ यार नक्कलि रहेछ

अछामी गजल


नाननानी छी तगाया
को भुल्ली गै क्या तु
तुइकी मइल मगायाको भुल्ली गै क्या तु

पैली तुइल हानीछी चप्पल खुसाइ खण्ड
नखाइ खण्डै अगायाको भुल्ली थै क्या तु

दोसा पाला राम हेद्द आयै तु आकी छी
रामै बाटी भगायाको भुल्ली गै क्या तु

घर कैकी था नहरी मन्दीरमाइ गइ खण्ड
मैल सीन्दुर लगायाको भुल्ली गै क्या तु

बीरामल थला पडी एकपाला घर भीत्रै
हगायाको मुतायाको भुल्ली गै क्या तु

कमल संघर्ष
ठुलासैन अछाम —

Friday, February 7, 2014

यता गजल फुर्छ



बाले पिएर आउछन यता गजल फुर्छ
अनि एक्लै बौलाउछन यता गजल फुर्छ

यो मदिरा भन्ने चीज खै के हो? के हो ?
जब बोतल देखाउछन यता गजल फुर्छ

न भनेको सुन्छन न त सुनेको मान्छन
रात भरी कराऊछन यता गजल फुर्छ

छोरा तैले गजल लेखेर के नै गर्छस
सम्झाउछन बुझाउछन यता गजल फुर्छ

बिहान तिर आमाको बाङ्गो हुन्छ मुख
फेरी बाले फकाउछन यता गजल फुर्छ

कमल संघर्ष

सडक बनेको छ


बीकासको नाँउमा सडक बनेको छ
यसरी हर ठाँउमा सडक बनेको छ

न आयो लोकतन्त्र मलम ल्याएर
न घाइतेको घाँउमा सडक बनेको छ

दौडिन्छन भुसुनाहरु मज्जाले दौडिन्छन
केछ कौडीको भाँउमा सडक बनेको छ


गाडीमा आउछन की अब भगवानहरु
मन्दीरको छेउछाँउमा सडक बनेको छ

मेरी प्रीया मलाइ हेपेरै भन्छीन
आफ्नो त गाँउमा सडक बनेको छ

Thursday, February 6, 2014

'कैफियत भीत्रको गजल

 न आमाको जस्तो न बाबाको जस्तो
किन बन्दै छ छोरो अर्काको जस्तो

म आफ्नै सोचेर भेट्नलाई आए
राजधानीले सोच्यो टाढाको जस्तो

झुपडि भत्काउन सरकार पनि
हुकुम गर्छ आफैले बनाको जस्तो

मेरो बाहिरी रुप रङ देखेर
तिमीले ठान्छौ केहि नभाको जस्तो

 यस्तो नतिजा पनि आउदो रैछ
परिक्षा नै दिन नगाको जस्तो
कमल संघर्ष
ठुलासैन अछाम

सवाल र जवाफ ( सुमन स्मारीका रKamal Sangharsh)

सवाल र जवाफ
( सुमन स्मारीका रKamal Sangharsh)

~ सवाल
(सुमन स्मारीका)
बाढी आउला अरु के गर्ला
घर बगाउला अरु के गर्ला

तिम्रो महल देखेर गरिबले
सपना सजाउला अरु के गर्ला

आउन देउ यार सरकारलाइ आउन देउ
भित्ता भत्काउला अरु के गर्ला

कवि हो यदि बढि मा बढि
कबिता सुनाउला अरु के गर्ला

उ बोल्दैन सोच्दैछु आफ्नै हो
दुईचार दिन रिसाउला अरु के गर्ला ।।।

बिरपथ अछाम
हाल टिकापुर कैलाली

~जवाफ
Kamal Sangharsh
बाढि बनेर आउछु अनि थाहा पाउछौ
के के बगाउछु अनि थाहा पाउछौ

महलमा आँखा गाड्ने गरिबलाइ
अमरा पुर्याउछु अनि थाहा पाउछौ

भित्ता मात्रै होइन तिम्रो घर भत्काएर
सडक बनाउछु अनि थाहा पाउछौ

कवि हु कबिता त लेख्छु लेख्छु
गजल सुनाउछु अनि थाहा पाउछौ

दुईचार दिन रीसाउला सोचेकी हौली
जिन्दगीभर रिसाउछु अनि थाहा पाउछौ

ठुलासैन अछाम

tribeni

http://chisapaninepal.blogspot.com/2014/01/tribeni-14-01-201430-09-2070-download.html#.UuCmhGT0H90.facebook

'कैफियत भीत्रको गजल

नाघेर निश्चीत सीमा हिडीरहेछु
र पनी ऊस्कै परिधीमा हिडीरहेछु

यात्रा कहा सम्म ? गन्तब्य कहा छ ?
थाहा छैन जिन्दगीमा हिडीरहेछु

मलाइ मृत्युको डर देखाउछन मान्छे
म यमराजकै खोजिमा हिडीरहेछु

जे पनि हुनसक्छ सीमाना तिर
देश बोकेर छातीमा हिडीरहेछु

केके होला म एकैछिन रोकियछु भने
अरे तिमै् ढुकढुकीमा हिडीरहेछु

कमल संघर्ष

धेरै भैसक्यो

दैबले रणनिती चालेको धेरै भैसक्यो
मान्छेले मान्छे ढालेको धेरै भैसक्यो

भोक खाएर अघाउने बानि परे पछी
चुलोमा आगो नबालेको धेरै भैसक्यो

उस्ले मेरी प्रिया हो खै कसरि भन्यो
मैले सिन्दुर हालेको धेरै भैसक्यो

सडक ओच्छ्याएर आकाश ओढेर
म निदाउन थालेको धेरै भैसक्यो

गजल लेखेको अभियोगमा मलाई
मेरै घरबाट नीकालेको धेरै भैसक्यो

कमल संघर्ष
ठुलासैन,अछाम

अछामी गजल ; नानी होईक्या तू

अछामी गजल
तेरो टिको मुन्टो फुट्न्या नानी होईक्या तू
पोईका रिसल छोरो कुट्न्या नानी होईक्या तू

बरमाण्डै चड्किन्या काम केन हद्दि होल्ली
तवाउनी पानि भुट्न्या नानी होईक्या तू

भन्नु पन लाजो मद्दु साथि भाईनाउ राक्या
दिन सिन्या रात उठ्न्या नानी होईक्या तू

तुई सात जिन्दगी मेरो कटला सुत्तैनाई
कोद्या माड्न्या धान चुट्न्या नानी होइक्या तू

कमल संघर्ष
ठुलासैन अछाम

समयले जति धोका मलाई दिएको छ

न त अरुलाई न त तँलाई दिएको छ समयले जति धोका मलाई दिएको छ

मेरो बस्तिमा मट्टितेल छरेर कसैले
उपहारमा कोरेर सलाई दिएको छ

महल केहि नगर्नु झुपडि भत्काइदिनु
सरकारले हुकुम चलाई दिएको छ

सामना गर्ने भए हिलोमा फुन्नु पर्नेछ
कमलले चुनौती गुलावलाई दिएको छ

सडकमै स्वतन्त्रता पाएपछि कमलले
पिजडा जस्तो घर जलाई दिएको छ

भट्टी भीत्र छीरेको by Kamal Sangharsh

Kamal Sangharsh
गुरु संगै चेला भट्टी भीत्र छीरेको
हेर्नुस देखीएला भट्टी भीत्र छीरेको

संगै संगै हुन्छन युगल जोडीहरु
देख्दीन कही अकेला भट्टी भीत्र छीरेको

छापा मार्ने बाहानामा देखे प्रहरीलाइ
बेला अबेला भीट्टी भीत्र छीरेको

आमा बाको आखा छलीरहने सन्तान
एकदीन पर्छ फेला भट्टी भीत्र छीरेको

कहील्यै नपीउने संघर्ष लाइ पनी
कसैले भन्देला भट्टी भीत्र छीरेको

Popular Posts