Saturday, July 26, 2014

उपजाती छन्द

नसालु तिम्रो नजरै त हो नि
बन्दैछु पागल रहरै त हो नि

नदी किनारमा उभिएर सोच्दा
लाग्यो जिवन यो बगरै त हो नि

मान्छे चुडेरै उपहार दिन्छन
झर्दा रुने फूल भमरै त हो नि

निशुल्क मर्ने छ शिबीर बसेको
सोचे खुशीको खबरै त हो नि

मुहारमा तेल मुसो घसेर
भन्छौ गरेको कदरै त हो नि

कमल संघर्ष
ठुलासैन अछाम

इन्द्रव्रजा ( २२१ २२१ १२१ २२ )

गजल बैरी भने केहि गरेर जान्छन
आफन्त नुनचुक पो परेर जान्छन

बा भन्नु हुन्थ्यो इतिहास बन्छ
जो देशको लागि मरेर जान्छन

हातमा तिमीले खुकुरी समात्नु
दुश्मन तिमीसंग डरेर जान्छन

मैले बगाएर रित्याउने हो
जोआउछन आसु भरेर जान्छन

इन्द्रव्रजा ( २२१ २२१ १२१ २२ )
कमल संघर्ष
अछाम

१२२२×४ हजज बहर मा गजल

बहर मा गजल

यता मेरो कुरा चल्दा उता मेरो कुरा चल्दा ।
तिमी हाँस्दै खुशी साट्यौ यता दिलमा छुरा चल्दा ।

अचम्मैको छ यो राज्य सँधै यस्को छ चाल उस्तै
जिबनजल पूर्वमा बाँड्यो पखाला बाजुरा चल्दा ।

विचार आजै गरे राम्रो अझै बेला छ ए सरकार
कहाँ के हुन्न होला यी युवाका पाखुरा चल्दा ।

कतै देश नै बिगार्छन की? निकै पिरमा छु साथी म ,
यि ढुङ्गामा यि माटोमा जथाभाबी भुरा चल्दा ।
१२२२×४ हजज
कमल संघर्ष

गजल त सुनाउनै पर्छ कम्तिमा पनि

के हुदैन मान्छेको जिन्दगीमा पनि
आँशु बढाउछ आँखाको गरिमा पनि

आफन्तले औपचारीकता निभाईरहदा
मुर्दा संका गर्दो हो यो गतिबिधीमा पनि

मैले स्वयम मलाई तिमी बनाईदिए
हेर दिलमा पनि हेर औठीमा पनि

मलाई मेरै खेत जोत्न दिएन सर्कारले
छिमेकी बिउ छर्दैछन ऐलानिमा पनि

चाहिदैन अरु कुनै दाइजो चाहिदैन
गजल त सुनाउनै पर्छ कम्तिमा पनि

कमल संघर्ष
अछाम

सोचिरहेछु

बाँडे देश रहला ? सोचिरहेछु
कतिलाई पुगला ? सोचिरहेछु

सिसाको दिलमा पथ्थर मार्यौ
के को हो यो बदला सोचिरहेछु

सरकारी जागीरै हुनुु पर्छ र ?
मान्छेलाइ थप्न तला सोचिरहेछु

पिजडा कि?घर के लाग्द‍ो रहेछ
फूललाई यो गमला सोचिरहेछु

तिमीले यो मुटु उपहार माग्यौ
के कमल बाँचला ? सोचिरहेछ
पुगला - पुग्ला
बाचला - बाच्ला
कमल संघर्घ

गुजारा चलाछौ

परौला नि फन्दा गुजारा चलाछौ
उठाएर चन्दा गुजारा चलाछौ

यता पान बेच्दै बस्याछौ , उताचैँ ।
के के हुन्छ धन्दा गुजारा चलाछौ ।

गजल लेखि गोजी भरीदैन साथी
तिमीले म भन्दा गुजारा चलाछौ

कि बाले कमाको प्रसस्तै थियो धन
कि प्याशी म बन्दा गुजारा चलाछौ
कमल संघर्ष

म पनि त थिए के कम?उपहार दिन

लागेन तिमीलाई सरम?उपहार दिन
निबै नभएको कलम उपहार दिन

उस्ले गुलाफ पठाउदा मुटु पठाईदिए
म पनि त थिए के कम?उपहार दिन

गजल भए राम्रै भैगो बोत्तल झनै राम्रो
सकिदैन चाहि नभनम उपहार दिन

बवाको प्यार कोदालो र कुटो संग हुन्छ
छोरा छोरी चाल्छन कदम उपहार दिन

©कमल संघर्ष

मुक्तक

मुक्तक 
 दुखाइ रहेछन अाफन्त मेरा पनि
मुस्कुराइ रहन्छन दन्त मेरा पनि

तिमी प्रेमि देखाउद के धाक दिन्छौ?
तिमी जस्ता धेरै छन त मेरा पनि
©कमल संघर्ष

आँखा चिम्लीएर

मेरो देशको श्रङ्गार आँखा चिम्लीएर
म देखीरहेछु यार आँखा चिम्लीएर

सक्नै पर्नेछ खुकुरीले देश बचाउन
त्यो पनि गर्नुछ प्रहार आँखा चिम्लीएर

कैले निदाको जस्तो कैले अनिदो जस्तो
किन गर्दै छ सरकार आँखा चिम्लीएर

कति दक्ष हुन यी गाउतिरका डाक्टर
गरी दिन्छन उपचार आँखा चिम्लीएर

तिमीले दिनमा हेर्नु र रातमा पनि हेर्नु
कालो देख्नेछौ संसार आँखा चिम्लीएर

© कमल संघर्घ

Popular Posts