Monday, June 2, 2014

मुतकारिब मुसम्मन सालिम।



नसोच्या नि के के भयो जिन्दगीमा,
खुशी झन् लुकेरै गयो जिन्दगीमा !!

गयौ बीचमै भव्य आशा दिएर,
बढाई अहो! हात यो जिन्दगीमा !!

तिमी आउछौ फेरि फर्की भनेर,
बचेकै छ यार् आश यो जिन्दगीमा !!

कतै पो नदेख्या नसुन्या कुरा ती,
लिनुथ्यो तिमीबाट यो जिन्दगीमा !!

न आत्मा समर्पण सकेँ गर्न मैले,
न जित्नै सकेँ युद्द यो जिन्दगीमा !!

कमल संघर्ष
अछाम

No comments:

Post a Comment

Popular Posts