Friday, June 6, 2014

मुतकारिब मुसम्मन सालिम।।

उ आरोप झुट्टा लगाएर आफै
म दोसी हु भन्थ्यो र आएर आफै

नजर लाउदैथ्यो तिमी तीर मात्रै ,
लुक्यो चाँदनी त्यो लजाएर आफै

बजाएर बाजा सबैको अगाडी,
लगौला म डोली चढाएर आफै

बुढा बा र आमा घरैमा रहेछन् ,
कहा हुन्छ साथी रमाएर आफै

— कमल संघर्ष

Monday, June 2, 2014



बीदेशीले गरीसके सप्तकोशी पार हजुर
देशको लागी मरौ बरु नखाउ है हार हजुर

नेताहरु लाटा बने पैशा खाए कुन चोरले
नेपाल बेची भ्रष्टचारी चलाउदैछन कार हजुर

कुरा लगाइ यताउता दुइ भाग देश लुटीसके
पाए होलान नेता ज्युको केहि त आधार हजुर

उठ उठ ए नेपाली हो नबस है हात बानेर
एकजुट बनी नेपाली हो लुटुवालाइ मार हजुर

कुमाई गमगढ आफ्नो बनाइ ईतीहास मेटेपनी
पाकी नै छन बलभद्रका कील्लाका पगार हजुर

कमल संघर्ष
ठुलासैन अछाम
रचेको मीतीः2065 -4-5 गते

मुतकारिब मुसम्मन सालिम।



Popular Posts