Thursday, March 31, 2016

कविता - अपुर्ण जिन्दगी

अपुर्ण जिन्दगी

वर्षौदेखि

बिरामी जिन्दगीको लय बोकेर
गुडिरहेछ, यात्रुवाहक बसजस्तो
एउटा बुढो जिन्दगी ।
पहाडकाे कच्चि बाटो
धुवाँ-धुलोको एक मुश्लो आकाश
उराठिलो साइरन
पाङ्ग्राको एकोहोरो खटखट...
खेर नजाने शंका
कतै, बिग्रयो कि पाटपुर्जा? शरिरको
कतै, पञ्चट भयो कि एउटा पाङ्ग्रो? उमेरको
अचेल
हावाले पनि जिस्काउछ, र उडाउछु भन्छ,
पानीले पनि अत्याउँछ, र बगाउछु भन्छ,
लछप्पै छोपिदिन्छ बाइरोडको धुलोले
लाग्छ, धुलो बाहेक केहि छैन धर्तिमा ।
कुनै बिकट बस्तिमा पहिलो पटक पुग्दा
केटाकेटि पछि लागेझैँ, पछि लाग्छन्
चाउचाउ, बिस्कुटका थोत्रा खोलहरु
जसलाई, फ्याँकेको हो
भर्खर बन्दै गरेको अनाम बजारले  ।।
लाग्छ अब त,
कति बाच्नु? ग्यारेजले दिएको बोनस समय
बरु,
पल्टौँ, अभावको अक्करे भिरबाट
जुधौँ, कुनै शामन्ती मालबाहक ट्रकसँग वा
जलुँ, छर्केर पिडाको पेट्रोल
र, मेटाउँ आफ्नो व्यर्थ नाम निशाना
       
आज बिहानै पत्रिकाले समाचार छापेछ
'पल्ट्यो एउटा यात्रुबाहक बस,
सकियो अपुर्ण, बुढो जिन्दगी'
हार्दिक श्रदाञ्जली  !!
---0---
कमल संघर्ष



Saturday, June 6, 2015

याे जिन्दगीकाे मजा कति चाडै सकिन्छ

कुनै चिजकाे नशा कति चाडै सकिन्छ
याे जिन्दगीकाे मजा कति चाडै सकिन्छ
केवल एउटा अवगुण पत्ता लगाउनु पर्छ
असल बस्तुकाे चर्चा कति चाडै सकिन्छ
कल्पनाकाे मुना मदन अझै जिउदाे छ
बास्तविक प्रेम कथा कति चाडै सकिन्छ
दिन हरु उस्तै हुन्छन जागीर उस्तै हुन्छ
उस्तै रहदैन पैसा कति चाडै सकिन्छ
©कमल संघर्ष

Tuesday, March 17, 2015

नागरिक-पूर्वेलीमा प्रकाशित गजल ।



जस्ले श्वास फेर्दा पनि मलाइ चाँसाे हुन्छ

दुखेकाे मन दुखी राख्दा कहाँ हासाे हुन्छ
जिन्दगी ठानेकाे उपहार जब नासाे हुन्छ

उस्ले वास्तै नगरेर पैतालाले कुल्चि गयाे
जस्ले श्वास फेर्दा पनि मलाइ चाँसाे हुन्छ

सम्झनाकाे पछ्यौरा दिदै भनिन उन्ले
सधै साथमा बाेक्न सके मर्दा पासाे हुन्छ

जिन्दगी वाचन सुनेर गएका हरु भन्छन
त्याे इश्वर हाे जाे संग धेरैकाे गुनासाे हुन्छ

©कमल संघर्ष

Popular Posts