Thursday, November 9, 2017

न अवधि राखिदियो, न सीमा राखिदियो

न अवधि राखिदियो, न सीमा राखिदियो 
राख्नेले दुःख यो जिन्दगीमा राखिदियो 

डाक्टर जतिलाई राजधानीमा सारेर 
बिरामी जतिलाई कर्णालीमा राखिदियो 

यो समयले आफू निर्णायक बनेर 
म र बालाई प्रतिस्पर्धीमा राखिदियो 

धनदौलत कति प्रिय भयो कसैलाई  
आफ्नै छोरीलाई प्रदर्शनीमा राखिदियो

Tuesday, September 5, 2017

धान फलाएर मकै फलाएर बारिबाट 
कसरी निकाल्याे बन्दुक भकारीबाट


Sunday, August 20, 2017

तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला

तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला
साेमालिया भैदिऊँला सिरिया भैदिऊँला

म दुनियाँ भएर पनि एक्लाे भएकाे छु
तिमी एक्लाे छौ तिम्रो दुनियाँ भैदिऊँला


अभावमा कुटेर चामल बनाउन सकिन्छ
संकलन गरेर राख्छौ भने बियाँ भैदिऊँला


प्यारजस्ताे पनि भयाे हतियारजस्ताे पनि
भन्यौ फलामकै अगाडि खिया भैदिऊँला


गुलाफ पाे सुरक्षाको नाममा हमला गर्छ
कमल हुँ फूलैफूलकाे तकिया भैदिऊँला
                                 -कमल संघर्ष


Sunday, August 13, 2017

तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला


तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला
साेमालिया भैदिऊँला सिरिया भैदिऊँला

म दुनियाँ भएर पनि एक्लाे भएकाे छु
तिमी एक्लाे छौ तिम्रो दुनियाँ भैदिऊँला



अभावमा कुटेर चामल बनाउन सकिन्छ
संकलन गरेर राख्छौ भने बियाँ भैदिऊँला



प्यारजस्ताे पनि भयाे हतियारजस्ताे पनि
भन्यौ फलामकै अगाडि खिया भैदिऊँला



गुलाफ पाे सुरक्षाको नाममा हमला गर्छ
कमल हुँ फूलैफूलकाे तकिया भैदिऊँला
                                 -कमल संघर्ष

Monday, August 7, 2017

नाच है सानू को म्युजिक भिडियो सार्वजनिक

हिन्दु नारी हरुको महान पर्व हरितालीका तिज नजिकिदै गर्दा तिज का गित हरु बजार मा आउने क्रम दिन प्रतिदिन बड्दै गएको छ । पछिल्लो समय मा गित संगीत मा चर्चा कमाउदै आएका चर्चित गायक पवन भण्डारी र तमन्ना रेग्मी को तीज को गित नाच है सानू को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । कुसुम डिजिटल रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली बाट रेकर्ड गरिएको उक्त गितमा गायिका तमन्ना रेग्मी ले स्वर दिनु भएको छ । सुदुर पश्चिम् को पहाडी जिल्ला अछाम मा मङलसैन नगरपालिका वाडा न ६ मा जन्मनु भएका गायक भण्डारी ले यस भन्दा अगाडी डेउडा भाका पनि बजार मा ल्याउनु भएको छ ।सानै देखि गित संगीत मा रुचि राख्ने गायक भण्डारी ले पछिल्लो समय मा गित सगित मा लागिरहनु भएको छ । उनको आवाज मा रहेको नाच है सानी गित मा लय गाएक भण्डारी को नै रहेको छ भने शब्द पवन भण्डारी र चक्र साउद को रहेको छ ।गित्को म्युजिक भिडियो मा मनोज जेठारा ,सानू कुवर , राजेस नेपाली , पुजा पौड्याल को अभिनय रहेको छ भने निर्देशन त्रीबेन्द्र कर्ण माहान साब गर्नु भएको छ । सुन्दर सुदुर पश्चिम् को शिव पुरी धनगढी मा छायांकन गरिएको यो गित लाई नाएक फिल्मस प्रालि मिडिया ले उत्पादन गरेको छ भने यश गीत लाई सड्क मिडिया ले बजार ल्याएको छ । गाएक भण्डारी को आवाज मा रहेको अर्को तिज गीत हङकङ साडी ल्याउदिन पनि केहि दिन मै बजार मा आउदै गरेको उनले बताए ।साथै तिज लगत्तै आईलभ यु भन्छे मोरि मेरै साथीलाई लोक दोहोरी गित पनि बजार मा आउने उनले बताए । बिगत लामो समय देखि सन्चार मिडिया मा कार्यरत गायक भण्डारी अछाम को पहीले रेडियो रामारोसन मा करिब ६ बर्स सम्म काम गर्नु भएको थियो भने हाल रेडियो सुदुर संदेश धनगढी मा कार्यरत हुनु हुन्छ ।


Popular Posts